नेपालले आसन्न टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ । कप्तान रोहितकुमार पौडेल नेतृत्वमा टोली घोषणा गरिएको हो ।बलरद्वय कमल सिंह ऐरी र सागर ढकाल पनि टिममा परेका छन ।
जारी वेस्ट इन्डिज ए विरुद्धको ट्वान्टी २० शृंखलाबाट विवेक यादव, अकाश चन्द, विनोद भण्डारी आरिफ शेख र लोकेश बम टिममा परेनन् ।
जुन १ देखि वेस्ट इन्डिज र अमेरिकामा हुने विश्वकपको समूह ‘डी’ मा नेपाल, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।
नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
विश्वकप खेल्ने टोलीः
रोहित पौडेल, आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी,गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल, कमल सिंह ऐरी






















