(वाफ) महिला च्याम्पियनसिपको पहिलो सहभागितामै नेपाल उपविजेता भएको छ । फाइनलमा जोर्डनसँग पेनाल्टी शुटआउटमा ५ -३ ले पराजित हुँदै नेपाल उपाधि हासिल गर्नबाट चुकेको हो ।खेलको निर्धारित समय नाटकीय ढंगले २–२ को बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टीबाट गरिएको हो ।
जसमा जोर्डनले बाजी मार्दै छैटौं पटक उपाधि जित्यो । पेनाल्टीमा जोर्डनले पाँच वटै प्रहार गोलमा परिणत गर्यो भने नेपालले एउटा पेनाल्टी खेर फाल्यो । नेपालको चौथो प्रहारमा अमृता जैसी चुकिन् ।उनको प्रहार लेबनानकी गोलकिपरले रोकिन् । लेबनानले पाचौँ प्रहारमा गोल गरेपछि नेपालले आफ्नो अन्तिम प्रहार गर्नु परेन् । ।
















