साझेदारी गर्नुहोस्

रुसी सेनामा भर्ना भएका  थप तीन जना नेपालीको मृत्यु भएको छ । उनीहरुको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल,धार्दिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाह छन् । योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ । परराष्ट्र मन्त्रालयले मृतको नाम ठेगाना सार्वजनिक गर्ने तयारी गरेको छ ।