असोज २२ – कोरोना भाइरस संक्रमणबाट रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको निधन भएको छ। भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उनको उपचार भइरहेको थियो। उनलाई भेन्टिलेटरमा रखिएको थियो र उनको मृत्यु उपचारकै क्रममा भएको हो। तुलाचनलाई असोज १३ गते परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो। उनको स्वास्थ्य अवस्था गम्भीर हुदै गएपछि उनलाई अस्पताल भर्ति गरिएको थियो। उनलाई बचाउने हरेक प्रयास गर्दा गर्दै उनको ज्यान गएको हो। वडा सदस्य तुलाचनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
रुपन्देही सिद्धार्थनगर वडा सदस्य सुवोध तुलाचनको निधन
















