साझेदारी गर्नुहोस्

जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा आज बिहान सकिएको चौथो क्वार्टरफाइनलको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्सले सेमिफाइलनमा स्थान पक्का गरेको हो ।

नेदरल्याण्ड्सका स्टेफान डेभ्रिजले एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै, टर्कीका समेट अकायदिनले गोल गरेका थिए । टर्कीका अकायदिनले खेलको ३५औँ मिनेटमा सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ७०औँ मिनेटमा डेभ्रिजको गोलमार्फत नेदरल्याण्ड्स १–१ गोलको बराबरीमा आएको थियो ।