प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिकालाई समेत सहभागी नगराउन निर्देशन दिएका छन्। रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार आएपछि प्रधानमन्त्रीले सो निर्देशन दिएका हुन्। बिदा नदिन भनेपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ।

















