साझेदारी गर्नुहोस्

नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकमा सर्वसम्मत रुपमा पार्टीबाट आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

इलाम २ बाट केन्द्रीय सदस्य धीरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस भएको छ । इलाममा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको छ । रास्वपाबाट मिलन लिम्बूको चर्चा छ । कांग्रेसले  डम्बर खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको छ ।    उनी गत निर्वाचनमा ११४ भोटले हारेका थिए ।