साझेदारी गर्नुहोस्

३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभए पनि परिचय खुल्‍ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् ।

बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै मतदाताले परिचय खुल्‍ने कागजातबाट मतदान गर्न पाउने गरी व्‍यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको जनाएको छ । तर मतदाता नामावलीमा नाम भएकाहरुले मात्र अन्य परिचय खुल्ने कागजात देखाएर मतदान गर्न पाउनेछन् ।