सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’ आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीबाट हटाउन माग गरेका छन्।
उक्त विधेयकमा पर्याप्त गृहकार्य नगरी सोझै संसद्बाट पास गर्ने तयारी भइरहेकाले यसमा आफ्नो विमति रहेको उनले बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पर्याप्त गृहकार्य र छलफल नगरी सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत हुन लागेकोमा विमती जनाएका हुन् ,
`भूमिसम्बन्धी केही नेपाल ऎन संशोधन विधेयक´ स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ। पर्याप्त गृहकार्य नगरी `सोझै पारित गर्नेगरी´ संसद्मा प्रस्तुत हुन लागेकोमा खुला विमति छ, उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, `लटरपटर´ नगरौँ, पूर्वसहमति खोजौँ कि समितिमा पठाऊँ। अन्यथा आजलाई कार्यसूचीबाट हटाइयोस्- भूमि विधेयक।

















