वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण ७० हजार ६७९ जनाले ज्यान गुमाइसकेका छन्।भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ६२ हजार ४८७ रहेको छ। हालसम्म ३१ लाख ७७ हजार ६७३ जना उपचारपछि निको भएको तथ्यांक छ।पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ४३ हजार १७९ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७० लाख १३ हजार ७९२ रहेको छ।
छिमेकी मुलुक भारतमा एकैदिन ९० हजार ६०० कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्।अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा कोरोना संक्रमणदर घट्दो क्रममा देखिँदा भारतमा भने उच्च बन्दै गएको छ। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या एकैदिन थपिनेमा हालसम्मकै सबैभन्दा धेरै हो।






















