बागलुङमा टिपर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर–८ सिगानादेखि बजारतर्फ गइरहेको बा २ क ९२५८ नम्बरको टिपर बुधबार बिहान साढे ९ बजेतिर खसेको थियो ।
टिपर चालक ४३ वर्षीय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर थापाले बताए । मृतक मोक्तान हेटौंडा उपमहानगरपालिका–१४ का बासिन्दा भएको खुलेको छ ।






















