साझेदारी गर्नुहोस्

बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले खुला सीमाका कारण बढ्नसक्ने सुरक्षा चुनौतिका कारण नाका बन्द गरिएको जानकारी दिए ।