साझेदारी गर्नुहोस्

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेट जनतामा आशाको सञ्चार गराउने किसिमको भएको बताएका छन् । रासस केन्द्रीय कार्यालयमा आज समसामयिक विषयमा संवाद गर्दै पूर्वप्रधानमन्त्री खनालले विगतमा बजेट जनताका आमूल परिवर्तनका अपेक्षा र चाहनालाई सम्बोधन नगरी आउने गरेकामा यस पटक भूमिसुधार, कृषि क्रान्ति, सहकारीकरण, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्राथमिकतासहित आएको प्रतिक्रिया दिए।