साझेदारी गर्नुहोस्

बाल प्रतिभा विकास र आत्मविश्वास अभिवृद्धिको उद्देश्यसहित ‘ब्ल्याक बर्ड इन्टरटेन्मेन्ट प्रा.लि’ले आयोजना गरेको ‘Face of Junior Model Season 1’ को ग्राण्ड फिनाले शनिबार ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी नेपालमा भव्यताका साथ सम्पन्न भएको छ।

काठमाडौं उपत्यकाका १५ विद्यालयका १८ प्रतिभावान् बालबालिका सहभागी रहेको यस प्रतियोगिताको नतिजा दुई फरक समूहमा घोषणा गरियो।

 सिनियर क्याटेगोरीका विजेताहरू

प्रतियोगितामा विद्या भट्टराईले उत्कृष्ट प्रदर्शन गर्दै दुई महत्त्वपूर्ण उपाधिहरू आफ्नो नाममा पार्न सफल भइन्।

उपाधिविजेता
टाइटल विनरविद्या भट्टराई
मोस्ट पपुलर विनरविद्या भट्टराई
पब्लिक च्वाइस विनररिन्जिन दोर्जे लामा
मोस्ट ट्यालेन्टविद्या भट्टराई
बेस्ट वाकरिन्जिन दोर्जे लामा
मोस्ट फोटोजेनिकसिल्विया उप्रेती
बेस्ट सिङ्गिङरिन्जिन दोर्जे लामा
बेस्ट स्पीचजेनिशा श्रेष्ठ

 जुनियर क्याटेगोरीका विजेताहरू

जुनियर क्याटेगोरीमा डोरोथी शाहले शीर्ष उपाधि जितिन् भने बिनिशा बिष्टले मोस्ट पपुलर विनर र सेकेन्ड रनरअपको उपाधि हासिल गरिन्।

उपाधिविजेता
टाइटल विनरडोरोथी शाह
फर्स्ट रनरअपएलिशा जैसी
सेकेन्ड रनरअपबिनिशा बिष्ट
मोस्ट पपुलर विनरबिनिशा बिष्ट
पब्लिक च्वाइस विनरअनन्या पन्त
मोस्ट ट्यालेन्टबिनिशा बिष्ट
मोस्ट कन्फिडेन्टसारा लामा
मोस्ट फोटोजेनिकबिनिशा बिष्ट
ब्युटी विथ ब्रेनएलिशा जैसी
बेस्ट डान्सडोरोथी शाह
बेस्ट सिङ्गिङसमराज्ञी गुरुङ
बेस्ट कुकिङकिश्मिना तामाङ
बेस्ट वाकडोरोथी शाह
मोस्ट डिसिप्लिनसुमी बर्मा
क्युटेस्ट बेबी अफ द इअरसमराज्ञी गुरुङ
बेस्ट स्माइलसारा लामा
बेस्ट हेअरप्रिज्मा भण्डारी
मोस्ट एक्टिभश्वारा गौतम
बेस्ट पर्सनालिटीउदिता राना
बेस्ट आर्ट वर्कअनन्या पन्त
बेस्ट स्पीचएलिशा जैसी

राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेशकी प्रमुख श्रीमती जयंती साट्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको व्यवस्थापन, कोरियोग्राफी र आकर्षक प्रस्तुतिको अतिथिहरूले उच्च प्रशंसा गरे। कार्यक्रमलाई सफल बनाउन अभिनेता तेज गिरी, मिस मनासलु कलेज रोशिन ढकाल, मोडल आभा बस्नेत, र मोडल जिशु कोईराला सम्मिलित निर्णायक मण्डलको महत्वपूर्ण भूमिका रहेको थियो।

ब्ल्याक बर्ड इन्टरटेन्मेन्टले यसलाई केवल प्रतिस्पर्धा नभई बालबालिकाको सिकाइ र अभिव्यक्तिको उत्कृष्ट मञ्च रहेको बताएको छ। विजेताहरूले ट्रफी, प्रमाणपत्रका साथै विभिन्न उपहारहरू प्राप्त गरे। आयोजकले उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई आगामी कार्यक्रमहरू र मोडलिङ अवसरमा प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।