साझेदारी गर्नुहोस्

असोज १७ – प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ। चालकदेखि सबैको स्वाब संकलन गरिएकोमा सचिवालयका चार जनाको कोरोना पोजिटिभ देखिएको हो। सचिवालयका चार जनामा संक्रमण देखिएपछि अब प्रधानमन्त्री ओलीको पनि परिक्षण गर्ने बताइएको हो।