प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई काँग्रेसरुपी बञ्चरोको बिँडको संज्ञा दिएका छन् । दाहाल र नेपालले आफ्नो पार्टीलाई ढाल्नका लागि काँग्रेसको बिँड बनेको अध्यक्ष ओलीको आरोप थियो । पार्टीको प्रदेश कमिटी १ ले शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले २३ सिटमा खुम्चिएको काँग्रेसले सोझो आँखाले पनि आफ्नो पार्टीलाई हेर्न नसक्ने अवस्था भएपनि दाहाल–नेपालले मुलुकबाट बामपन्थी शक्ति सिध्याउने गरी काँग्रेसलाई साथ दिएको जिकिर समेत गरे । अध्यक्ष ओलीले भने, ‘संघ निर्वाचन र प्रदेशसभाको निर्वाचन मंसिरमा एकैचोटी हुँदैछ । बञ्चरो लिएर ढाँल्न थालेछन् एउटा रुख काटेर । वरतिर, परतिरको रुखहरु बर्बर आँशु झारेर रुन थालेछ । अनि अरु रुखहरुले सोधे–किन यसरी आँशु खसाएर रोएको ? आखिर ढल्नु त छदैछ, मर्नु त छँदैछ । अव ८ अर्व वर्षपछि केही बीचमा भएन भने, केही बीचमै भयो भने त ध्वस्त भइहाल्छ । बीचमा केही पनि भएन भने पनि २३ सिटमा पु¥याएको काँग्रेसले हामीतिर लडने त होइन, लडने कुरा छाडिदिउ, सोझो हेर्ने अवस्था पनि थिएन ।’ उनले थपे, ‘यिनै बिँडले कम्युनिष्ट आन्दोलन भाँडेर, सरकार फुटाएर, अदालत गएर कम्युनिष्ट सरकार ढालीपाउ, दक्षिणपन्थी सरकार गठन गरी पाउँ भनेका हुन । काँग्रेसको बिँड हेर्नुस्त कस्ता छन ? एमाले सिध्याउने, भनेका बिँड कस्ता छन । के–के नामका छन ? बञ्चरोले मात्रै रुख ढाल्न सक्दैसक्दैन । माओवादी र माधव नेपालका पछि लागेकालाई काँग्रेसको बिड नभई आफ्नो पार्टी आउन आग्रह गर्दछु । काँग्रेसको बिँड भएर कम्युनिष्ट आन्दोलनलाई ढाल्दैजाने र समाजवाद निर्माण गर्ने भूलभूलैयामा नफस्नुस । बामपन्थी आन्दोलन सफल पारौं ।’
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
प्रचण्ड र माधव कांग्रेसको बिँड: केपी शर्मा ओली
















