साझेदारी गर्नुहोस्

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मारेकाे आरोप कतिपयले लगाउने गरेको भए पनि आफूले व्यक्तिगतरुपमा कसैलाई अहिलेसम्म नपिटेको दाबी गरेका छन्।

एकथरी मानिसहरु, इतिहासलाई पछाडि धकेल्न चाहानेहरुले १७ हजारको हत्यारा। १७ हजारको हत्यारा भनि राख्दा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो,’ शनिबार संक्रमणकालिन न्यायसम्बन्धी  खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन समारोहमा उनले भने,

‘ राज्यले कति मार्‍यो? विद्रोहीले कति के गर्‍यो? भन्ने कुरा त अध्यन गर्न सकिन्छ नि। तर, के यो आरोप सत्य हो त? १७ हजार माओवादीले।

अझ प्रचण्डले हो भन्ने। मैले एकजनालाई पिटेको पनि छैन अहिलेसम्म। हत्याको त कुरै छोडिदिनुहोस्, व्यक्तिको कुरा गर्ने हो भने।’

प्रचण्डले आफूले युद्धको नेतृत्व गरेकाले शान्तिपूर्ण राजनीतिमा आएपछि त्यसको जिम्मेवारी लिएको बताए।