साझेदारी गर्नुहोस्

वर्षापछि खसेको पहिरोले कान्ति लोकपथ र अरनिको राजमार्गसहित देशका मुख्य पाँचवटा सडक मार्ग अवरुद्ध भएका छन्।

  • मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडामा पहिरो खस्दा आइतबार बिहानदेखि कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
  • सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ।
  • ललितपुरको बागमती गाउँपालिका ६ रुम्बाडाँडामा पिहरो खस्दा आश्राङदेखि गिम्दी जाने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
  • खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका ४ मा पहिरो खस्दा दिक्तेल गाईघाट सडक पनि अवरुद्ध भएको छ।
  • खोटाङकै हलेसी तुवाचुङ नगरपालिका १० बर्खेटारमा पनि पहिरो खस्दा मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा बन्द भएको छ।