कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अत्यावश्यकबाहेकका काममा घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।
निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सवारी साधन पनि चलाउन पाइने छैन । खाद्यवस्तु, औषधि, स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेकका अरु पसल व्यवसाय विहान ८ बजेसम्म मात्र खोल्न पाइनेछ ।
















