नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिनुभयो । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
नेपाल प्रहरीको गाडी पल्टिँदा दुई नायव उपरीक्षकसहित पाँचजना घाइते
















