साझेदारी गर्नुहोस्

गएराति नेपालमा गएको भूकम्पका कारण मानवीय र भौतिक क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालको दुःखमा आफू सँगै भएको जनाएका छन् ।

 

सामाजिक सञ्जाल टुइटरमा टुइट गर्दै मोदीले नेपालको दुस्खद घडीमा आफू नेपाली जनतासँग सहयोगका लागि ऐक्यबद्धतातामा उभिएको बताउँदै सम्भव हुने सबै सहयोग गर्न तयार रहेको बताएका छन् ।

 

उनले शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।