साझेदारी गर्नुहोस्

नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार नाउपाबाट राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले राजीनामा दिने तयारी रहेको छ । आगामी २३ गतेको संसद् बैठकमा आफूहरु प्रतिपक्षमा बस्नेत अध्यक्ष श्रेष्ठले बताईन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो पार्टीको मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि नाउपा बिच्किएको हो ।