साझेदारी गर्नुहोस्

जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेकाे छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

 

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भागको मौसम सफा रहने छ ।देशको तापक्रममा क्रमशः गिरावट हुँदै गएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।