मेडिकल व्यावसायी दुर्गा प्रसाई बडिगार्ड थुनामुक्त भएका छन् । बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रसाईका दुवै बडिगार्डलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय नकहुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले प्रसाईका बडिगार्डद्वय रामकुमार धिमाल र दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको हो । दुई बडिगार्ड पक्राउ प्रकरणमा उनीहरूका परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालेका थिए । त्यसपछि सर्वोच्चले गत बुधबार सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन भनेको थियो ।

















