दसैँअन्तर्गत आज फूलपाती। शास्त्रीय विधिअनुसार घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै छ।
हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व राख्दछ। यस दिनको मुख्य आकर्षण फूलपाती भित्र्याउने परम्परा हो । जसले दशैँको पूजा-उत्सवको औपचारिक सुरुवातको संकेत गर्दछ। फूलपातीमा प्रायः धान, जौको जमरा, र विभिन्न पवित्र पात राखिन्छन्।
घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।
काठमाडौंमा विशेष रूपमा गोरखाबाट फूलपाती ल्याइन्छ र हनुमानढोकामा चढाइन्छ। यसरी फूलपाती ल्याउने क्रममा पुरोहितले धार्मिक मन्त्रपाठ, पूजा विधि र परम्परागत रीति-रिवाजको पालना गर्दछन्। घर-घरमा पनि फूलपातीलाई स्वागत गरी टीका र जमराको साथ देवी दुर्गाको आशीर्वाद प्राप्त गरिन्छ।
फूलपातीको धार्मिक महत्त्व मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण छ। यस दिन परिवारका सदस्य, छिमेकी, र समुदायका मानिस एकै ठाउँमा भेला भएर पूजा-अर्चना गर्छन्, भेटघाट गर्छन् र सँगै मेलमिलाप र उत्सवको वातावरण सिर्जना हुन्छ। गाउँ-सहरमा फूलपातीको रौनकले दशैँको माहोललाई पूर्ण रूपमा रंगीन र रमाइलो बनाउँछ।

















