घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा मंगलबार नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । फाइनल भिडन्त मंगलबार बिहान ११ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।
लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।






















