साझेदारी गर्नुहोस्

अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनिमय दर (भाउ) नियमितजस्तो कमजोर बन्दै गएको छ । अमेरिकी डलरको भाउ बढ्दै जाँदा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.७२ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि यही मंसिर १२ मा एक अमेरिकी डलरको विनिमय दर १३३.७० रुपैयाँ पुगेको थियो । त्यसयता डलरको भाउमा झिनो कमी देखिए पनि १३३.५७ रुपैयाँभन्दा तल देखिएको झरेको छैन । बरु त्यही बिन्दुबाट फेरि उकालो लागिरहेको छ । सोही क्रममा बुधबार डलरले फेरि नयाँ रेकर्ड बनाएको हो । बुधबारका लागि एक अमेरिकी डलरको खरिद दर १३३.१२ रुपैयाँ तय भएको छ ।