काठमाडौंको मध्य–बानेश्वर क्षेत्रमा नयाँ सोच, नवीन स्वाद र अत्याधुनिक प्रविधिको संयोजनसहितको बार तथा रेष्टुरेन्ट ‘ट्यापरुम’ सञ्चालनमा आउने भएको छ। राजधानीको ठमेल क्षेत्रमा पाइने विविध सेवा–सुविधा अब बानेश्वरमै उपलब्ध गराउने उद्देश्यसहित स्थापना गरिएको यस स्थानको चैत्र १२ गते बिहिवारको दिन भव्य उद्घाटन हुने तयारी गरिएको छ।

‘ट्यापरुम’ ले परम्परागत नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको पेय–निर्माण प्रविधिसँग जोड्दै ग्राहकलाई फरक र यादगार अनुभव दिने लक्ष्य लिएको छ। यहाँ नेपाली जडीबुटी, मसला तथा हिमाली वनस्पतिमा आधारित पेय पदार्थहरूलाई नयाँ शैलीमा तयार गरिनेछ।

यस बारको मुख्य आकर्षणका रूपमा ‘स्ट्रबेरी जी एन्ड टी’, ‘खुवा हाईबल’, ‘रिभर्स ब्लडी मेरी’, ‘पपाया डाइक्विरी’, ‘युजु जिन सावर’, ‘तितौरा अन द रक्स’ र ‘चाकु ओल्ड फ्यासन्ड’ जस्ता पेयहरू यहाँका विशेष आकर्षण रहनेछन्। यी पेयहरूमा स्थानीय सामग्री जस्तै स्ट्रबेरी, खुवा, लप्सी तितौरा, चाकु, मेवा, जडीबुटी तथा मसला प्रयोग गरी फरक स्वाद प्रदान गरिने बताइएको छ।
त्यसैगरी ‘मार्टिनी’, ‘नेग्रोनि’, ‘मोजिटो’, ‘मार्गरिटा’, ‘पिना कोलाडा’, ‘ओल्ड फ्यासन्ड’ र ‘एस्प्रेसो मार्टिनी’ त्यसैगरी विभिन्न प्रकारका भोड्का, जिन, रम, टकीला, ह्विस्की तथा अन्य अन्तर्राष्ट्रिय मदिरा ब्रान्डहरूको समेत व्यवस्था गरिएको छ।

घरमै तयार गरिएका सोडा पेयहरूमा ‘फ्रेस लेमन एन्ड ब्ल्याक साल्ट’, ‘सिल टिमुर एन्ड स्ट्रबेरी’ तथा ‘म्यान्डारिन एन्ड कार्डामम’ विशेष रहनेछन्। गैर–मादक पेय अन्तर्गत ‘लिची एन्ड लेमनग्रास’ तथा ‘युजु एप्पल लाइम’ जस्ता विकल्पहरू पनि उपलब्ध हुनेछन्।
यस सन्दर्भमा होटल व्यवसायको वृद्धि र ब्रान्ड विस्तारमा सक्रिय अस्मिता पराजुलीले भनिन्, “हामीले ‘ट्यापरुम’ लाई केवल पेय सेवन गर्ने स्थान मात्र नभई, ग्राहकले सन्तुष्टि, आत्मीयता र नयाँ अनुभूति पाउने स्थलका रूपमा विकास गरेका छौं। यहाँ आउने प्रत्येक व्यक्तिले गुणस्तरीय सेवा र किफायती मूल्यमा उत्कृष्ट अनुभव पाउनेमा हामी विश्वस्त छौं।”

उनका अनुसार ग्राहकको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर सेवा प्रवाह गरिनेछ, जसले छोटो समयमै ‘ट्यापरुम’ लाई लोकप्रिय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। सफा, शान्त र आकर्षक वातावरण, आत्मीय सेवा तथा सर्वसुलभ मूल्यमा उत्कृष्ट स्वाद उपलब्ध गराउने उद्देश्यसहित सुरु हुन लागेको ‘ट्यापरुम’ ले अब ठमेल पुग्नुपर्ने बाध्यता हटाउँदै मध्य–बानेश्वरमै राजधानीवासीलाई उच्चस्तरीय सेवा र नयाँ अनुभव प्रदान गर्ने विश्वास लिएको छ।



















