साझेदारी गर्नुहोस्

काठमाडौँ महानगरपालिकाले शुुक्रबार २९ औं महानगर दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेर काठमाडौँ महानगरले महानगर दिवस मनाएको हो ।
विभिन्न धर्म संस्कृति र जातजातिको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति दिइएको कार्यक्रममा नगर प्रहरी, नेपाल प्रहरीलगायतले फौजी कौशल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महानगरपालिकाले समाजमा महत्वपुर्ण योगदान गर्नेहरुलाई कदरस्वरूप सम्मानसमेत गरेको छ ।