भारत र इंग्ल्याण्डबीच हैदरावादमा भइरहेको टेस्ट म्याचमा इंग्ल्याण्डका ब्याट्सम्यान जो रुटले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । अहिलेसम्म भारत र इंग्ल्याण्डबीचको टेष्ट सिरिजमा सर्वाधिक रन बनाउने कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । सचिनले ३२ टेस्ट खेलमा २५३५ रन बनाएका थिए । अहिले योभन्दा बढी रन बनाउने कीर्तिमान जो रुटको नाममा भएकाे छ । मैदानमा आउनुअघि जो रुटले भारत–इंग्ल्याण्ड टेस्ट सिरिजमा २५२६ रन बनाएका थिए । इंग्ल्याण्डको पहिलो इनिङ्सको २१औं ओभरको चौथो बलमा चौका प्रहार गर्दै रुटले सचिनलाई पछाडि छोडे । अब जो रुट भारत र इंग्ल्याण्डबीचको टेस्ट सिरिजमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । जो रुटले भारतविरुद्ध २९ रन बनाएर जडेजाको बलमा आउट भए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
जो रुटले तोडे सचिन तेन्दुलकरको रेकर्ड
















