साझेदारी गर्नुहोस्

बर्दियाका प्रभावसाली समाजसेवि विनय रावल निर्वाचनमा पराजय पश्चात् पनि जनताकाे सेवा र बर्दियाकाे बिकासमा अग्रणी भुमिकामा !

`खोज्छन सबै सुख भनी सुख त्यो कहाँ छ आफू मिटाइ अरुलाई दिनु जहाँ छ’ महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित कविताको यो हरफले मानिसले खोज्ने सुखको स्रोत देखाइदिएको छ । तर मान्छे किन त्यो स्रोतको उपयोग गर्दैनन् होला ! के आफू रित्तिएरै अरुलाई बाढ्न सम्भव होला ? उसो त आफू नखाएर अरुको भोक मेटाउने मान्छे पनि यो पृथ्वीमा छन् र ?

एकछिन पर्खिनुहोस् ।  हतार नगर्नुहोस् । त्यस्ता मान्छेहरू अझैँ छन् । तर कहाँ छन् । के गर्दै छन् । कस्तो अवस्थामा छन् । त्यो सबै कुरा यहीँ बताइनेछ । त्यस्ता महान  व्यक्तिहरूको एक प्रतिनिधिलाई यहाँ प्रस्तुत गरिरहेकाछाै । हुन त बर्दियाका विनय रावल कुनै ठूलो दलको उच्च नेता,उच्च पदस्थ जनप्रतिनिधि होइनन् । नत उनी फोर्ब्सको सूचिमा परेका अर्बपती नै हुन् । तर उनले गरेका कामहरू हेर्ने हो भने उनी देशको साशनसत्ता समालेको नेता भन्दा कम छैनन् । यसर्थ उनी जनताको हरेक सुखदुःखको भागेदार हुन् । विनय रावलले सेवा नगेरको मान्छे बर्दियामा त एकदमै बिरलै होलान् । हुन त उनी बर्दियाकै बासिन्दा भएको कारण त्यहाँका जनताको सेवा त गर्ने नै भए तर उनी बर्दियामा मात्र सिमित छैनन् ।

देशलाई अप्ठेरो पर्दा हरेक ठाउँहरुमा विनय रावलको सेवा भाव उत्तिकै झल्किन्छ । तराईको बाढीमा होस या पहाडको पहिरोले दु:ख दिइरहदा होस् । विनय रावलले सबै क्षेत्रका पीडितहरुको घाउमा मलम लगाउने काम गर्दै आएका छन् । भूकम्पले देशलाई छियाछिया पारेको बेलामा होस् या कोरोना जस्ता महामारीले तहसनहस पारेको बेलामा नै किन नहोस् । विनय रावल जस्ता महान मनकारी व्यक्तिका मनहरु भने सग्ला हुन्छन् र उद्धारमा केन्द्रित हुन्छन् ।

 

कोहि दुर्घटनामा परेर आर्थिक अभावमा छट्पटीएको खबर विनय रावलका कानहरुलले सुन्न सक्दैनन् । आफन्त गुमाएका परिवारहरुले क्रिया खर्च जुटाउन नसकी तड्पिरहेको कारुणिक दृश्य विनय रावलका आँखाहरुले देख्न सक्दैनन् रत विनय रावल जस्ता व्यक्तिहरु वास्तविक विनय रावल कहलाउछन् ।

यहाँ एउटा तथ्य प्रस्तुत गरौं !

केही समय अघि बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर सात कालिगौडीका जित बहादुर थारूका छोरा किसन थारु मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भए । उनको उपचारका लागि आर्थिक अभाव भएको र उपचार हुन नसकेको खबर स्थानिय पत्रिका मार्फत बाहिरियो त्यस लगत्तै रावलले थोरै भएपनी ३० हजार रुपैयाँँ सहयोग गरे र उनलाई बचाउने अभियान नै चलाए ।

 

सोही जिल्लाको राजापुर नगरपालिका वडा नं.१० खैरि,कर्माेहनी गाँउका नैने लाेहारकाे  छाेरी  ममता सुनारकाे गत साउन तीन गते बाघकाे आक्रमणबाट ज्यान गयो ।  सुनारको मृत्युु पर्यन्त गरिने संस्कारको लागि समेत आर्थिक अभाव देखियो । यो खबर सुन्नासाथ रावले  ममताको परिवारलाई २० हजार सहयोग गरे ।

 

यस्ता सानातिना सहयोग त कतिछन कती । केहि समय अघि जाजरकोटमा गएको भूकम्पका कारण कष्ट भोगी रहेका पीडित परिवारलाई विभिन्न समयमा गरि पाँच लाख भन्दा बढिको व्यक्तिगत सहयोग गरेको कुरा पनि छर्लङ्ग छ ।

 

यसो त रावल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रिय सदस्य एवम् केन्द्रीय सामाजिक बिभाग प्रमुख हुन् । एक राजनीतिक कर्मी भएको नाताले समाज संग जोडिनु कुनै नौलो कुरा होइन । तर सबै राजनैतिककर्मीहरु विनय रावल बन्न सक्दैनन् । आफ्नो स्वार्थको लागि जनताको आँखामा छारो हाल्ने “बाेल्ने एक र कर्म अर्कै गर्ने” प्रवृति हाम्रो देशको राजनीतिमा सँस्कार नै बनिसकेको छ  । तर यो भनिरहदा विनय रावल जस्ता निश्वार्थ सामाजिक व्यक्तित्वहरुको मर्मलाई बुझ्न जरुरी हुन्छ ।

 

यहाँ निस्वार्थ र सेवाभावले जनताकाे सेवामा समर्पित विनय रावलहरु नगन्य मात्रामा छन् । विनय रावल जनताको सेवामा अनवरत रुपमा लागि परेका छन् तर जातिय बर्गिय राजनितिकाे काेपभाजमा परेर जनताकाे सामान्य सुझबुझ नपुग्दा जनप्रतिनिधि हुनबाट पछाडी परेका छन् । यो प्रसङ्ग यहाँ किन जोड्न खोजिएको हो भने गत वर्षको संघीय निर्वाचनमा बर्दिया क्षेत्र नं.२ बाट विनय रावलले समेत उम्मेदवारी दिए । उक्त निर्वाचनले रावललाई पराजय भोक्न बाध्य बनायो । त्यहाँ स्वतन्त्र उम्मेदवार लालवीर चौधरी २६ हजार ५२० मतसहित विजयी भए भने विनय रावलले माओवादी केन्द्रका सुरेश पन्थ, एमालेका पंकजसिंह राठौर पछि १३ हजार २९२ मत प्राप्त गरे ।

 

हुन त रावलले प्राप्त गरेको यो जनमत थोरै होइन र यसको अपव्याख्या गर्न पनि पाइदैन । तर उनको कामलाई मुल्यांकन गर्ने हो भने जनताले रावललाई विश्वास गर्न नसक्नु गम्भीर त्रुटिकाे कुरा हो । हुन त राजनीतिमा जातियता, वर्गीयता र पैसाको चलखेल नहुने हो भने जनताले सक्षम नेतृत्व चयन गर्न अवश्य सक्छन् । तर नेपाल जस्तो मुलुकमा सक्षम नेतृत्व चयन हुन समय लाग्ने देखिन्छ । यसो त रावलले आफ्नो असफलतालाई पराजय स्वीकार गरेका छैनन् । उनी निर्वाचन पश्चात् पनि जनताको सेवामा झन प्रभावकारी रूपमा सक्रिय रहदै आएका छन् ।

 

बर्दियाली जनताका हरेक समस्याहरुमा साथ दिदै त्यहाँको कला,भाषा, सँस्कृती, धर्म र रितिवाजको संरक्षण, कला कौशल र विकास निर्माणका कार्यमा देखाएको सक्रियताले रावललाई थप जनताको विश्वास प्राप्त भएको छ । वयोवृद्ध, युवायुवती देखि बालबालिकाहरुले समेत विनय रावलको गुणगान गाएको सुन्न सकिन्छ । यसर्थ रावलले सामाजिक कार्यमा सक्दो सक्रियता देखाएका छन् भन्ने बुझिन्छ ।

 

गएको निर्वाचनको असफलता पछि रावलले पनि आफ्नो तर्फबाट भएका कमिकमजोरीहरुको आत्मसमिक्षा गर्दै थप जनताको सेवामा कसरी लाग्न सकिन्छ भनेर सोच्दै आएको कुरा उनका गतिविधिहरु बाट स्पष्ट बुझ्न सकिन्छ । यसो त उनी पछिल्लो समयमा बर्दियाली जनताको उत्थानका लागि साना देखि ठूल्ठूला कामहरुमा हातेमालो गर्दै आएका छन् । शिक्षा, स्वास्थ , खेलकुद, सडक, विध्युत,संचार, खानेपानी र कृषि , व्यापारका क्षेत्रको विकासका लागी सरोकारवाला निकायसँग समन्वय गर्दै आएका छन् । अन्याय, अत्याचार ,भ्रष्टाचार र कालोबजारीको विरुद्ध खुलेर लाग्ने गरेका रावल समुन्नत बर्दिया र बर्दियालि समाजको विकास, रूपान्तरण,परिवर्तनका लागि सबै संग हातेमालो गरि अनवरत बर्दियालि नागरिकहरूकाे सेवा गर्दै अगाडि बढिरहेकाछन् र बर्दियालि जनताले पक्कै पनि आगामि दिनमा सकारात्मक सहयाेग गर्नेछन् भन्ने अभिलाषा बाेकि निरन्तर सेवा नै धर्महाे भन्ने मुल मन्त्रलाई आत्मसाथ गरि बर्दियाकाे कृषि,पर्यटनलाई प्रवर्द्धन गर्ने महायात्रामा अहाेरात्र तत्पर रहि बर्दियाकाे बुलन्द आवाज बनी कुनै स्वार्थ नराखि समानता,समताकाे आवाज निरन्तर उठाई बर्दियालाई एकदिन बिकसित र ब्यवस्थित बर्दिया बनायरै छाेड्ने महायात्रामा गतिसिल बनेर बर्दियाका लागि अग्रस्थानमा रहेर नेतृत्व गरिरहनु भएका यस्ता हस्तिहरूलाई स-सम्मान गरि अगाडि बढाउने पर्ने बर्दियालि समाजकाे आजकाे टड्काराे आवश्यकता हाे ।