महोत्तरी गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोको गाडीमा अपरिचित व्यक्तिले आगजनी गरेका छन्। उप–मेयर महतोको गाडीमा आइतबार बिहानै साढे दुई बजे आगजनी भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ। महोत्तरीका डिएसपी तथा सूचना अधिकारी दिलीपकुमार गिरीकाअनुसार गौशाला नगरपालिका वार्ड नम्बर १ रामनगरस्थित घर अगाडी पार्किङ गरेर राखेको गाडीमा आगजनी गरिएको छ। प्रहरीका अनुसार उनको प्रदेश २, ००२–००१ झ ०००५ नम्बरको गाडीमा आगजनी गरिएको हो। गाडीको पछाडिको भाग जलेको प्रहरीले जानकारी दिएको छ। आगजनी गर्ने व्यक्तिहरूको खोजी भइरहेको डिएसपी गिरीले जानकारी दिए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोको गाडीमा आगजनी

















