प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एक थरीले भड्काउने प्रयास गरिरहेको बताउनुभयो । उहाँले परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्ने बताउनुभयो । उहाँले अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन आग्रह गर्नुभयो ।उहाँले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्रै देख्ने परिपाटी रहेको भन्दै यस्तो समस्या समाधान गर्न जरुरी रहेको बताउनुभयो । उहाँले नेतृत्व भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा भएको पनि बताउनुभयो । प्रधानमन्त्री दाहालले दक्षिणपन्थीहरुले देशमा टाउको उठाउने खतरा रहेको बताउनुभयो ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
गणतन्त्रमाथि प्रहार भइरहेको छ : प्रधानमन्त्री दाहाल
















