साझेदारी गर्नुहोस्

नेकपा एकिकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले क्रसर ब्यबसायीको समस्या बारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतीनिधीसभामा बोल्दै, सांसद चौधरीले कानुनसम्मत दर्ता भएका तर हाल नविकरण नभएका क्रसर उद्योगहरुको तत्काल नवीकरण गर्न माग गरे |

उनले भने, “देशको राजश्वमा अरबौ योगदान दिने तथा रोजगारी सृजनामा समेत योगदान दिएको यो क्षेत्रको समस्या प्रति राज्य गम्भिर बनोस्  |”

सांसद चौधरीले हाल आन्दोलनमा रहेका क्रसर ब्यबसायी का मागहरु सम्बोधन गर्न राज्यले ध्यान दिनुपर्ने बताए |

https://www.facebook.com/MediaPatra/videos/717666690407111