माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । साथै केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी संसदीय दलको सोमबार बसेको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री थिए । विश्वासको मत फिर्ता लिएको जानकारी आजै प्रदेश प्रमुखलाई गराउने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । माओवादी संसदीय दलको बैठकले संसदको विशेष अधिवेशन पनि माग गरेको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
कोशी सरकारबाट बाहिरियो माओवादी
















