भारतकाे कालेबुङमा ऱ्यापर लाहुरेको कार्यक्रम हेर्न जम्मा भएकाे भीडले कुल्चिँदा दुई महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मृतक अनिता क्षत्री र बनिता तामाङ (गुरुङ) रहेको खुलेको छ। दुवै कालेबुङ निवासी हुन्। उनीहरूको उमेर ४० वर्षभन्दा माथि रहेको बताइएको छ। यो घटना आइतबार राति कालेबुङको मेला ग्राउन्डमा भएको हो, जहाँ नेपालका चर्चित ऱ्यापर लाहुरे उर्फ आशिष राणा मगरका साथ ‘म्याड डग’ संस्थाले सांगीतिक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम हेर्न कार्यक्रम स्थलको मुख्यद्वारमा व्यापक भीड लागेकाे थियो। त्यही क्रममा कार्यक्रम स्थलमा प्रवेश गर्न ठेलाठेल हुँदा दुर्घटना भएको हाे। घटनामा घाइते भएकाहरूलाई उपचारका लागि कालेबुङ जिल्ला अस्पतालमा भर्ना गरिएको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा















