काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी नहुने भएका छन् । आज बिहान ९ बजे देखि बागमती प्रदेशको राजधानी हेटौँडास्थित प्रदेश निर्वाचन कार्यलयमा मतदान जारी रहँदा काठमाडौँका मेयर बालेन भने काठमाडौँमै रहेका छन् । कार्यव्यस्तताका कारण मतदानका लागि हेटौँडा जान नसकेको उनको सचिवालयले जनाएको छ । बालेनका स्वकीय सचिव भूपदेव शाहले भने, मेयर साह राष्ट्रियसभा निर्वाचनमा मतदानका लागि हेटौँडा जाने र मत हाल्ने कुरा कार्यसूचीमै थिएन ।’ राष्ट्रियसभामा १९ मध्ये बागमती प्रदेशबाट चार सिटका लागि मतदान भइरहेको छ । मतदान ३ बजेसम्म चल्ने छ
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
काठमाडौँ महानगरपालिका प्रमुख बालेन राष्ट्रियसभा निर्वाचनको मतदानमा सहभागी नहुने
















