साझेदारी गर्नुहोस्

राप्रपा नेपाल भक्तपुरले पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेको  छ। ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मावलम्बीहरूको आस्था र विश्वास माथि मन्त्री किराँतीले प्रहार र अपमान गरेको भन्दै उनीहरूले पुत्ला दहन गरेका हुन् । मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरूले मन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

भक्तपुरको मध्यपुर ठिमीमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता विष्णु भट्टराईले मन्त्री किराँतीको चर्को विरोध गर्दै तत्काल बर्खास्त गर्नुपर्ने माग गरे ।