काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाण्डौ उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । २९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाण्डौ उपत्यकाको फोहरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे । उनले अबको साढे तीन वर्षभित्र फोहरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन् । मेयर शाहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापन छिट्टै हुन्छ’: काठमाण्डौ मेयर शाह
















