इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुल एभर्टनसँग २–० गोलले स्तब्ध भएको हो । यो हारले लिभरपुलको उपाधि सम्भावनालाई कमजोर बनाएको छ ।
एभर्टनका लागि जोराड ब्रान्थवेट र डोमिनिक काल्भर्ट लेविनले एक–एक गोल गरेका थिए । जेराडले खेलको २७औँ मिनेटमा एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ५८औँ मिनेटमा डोमिनिकले गोल गर्दै एभर्टनलाई २–० गोलको सहज जित दिलाए । एभर्टनले लिभरपुललाई सन् २०१० पछि पहिलो पटक हराएको हो ।
















