साझेदारी गर्नुहोस्

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक प्रतिशतले बढेर दुई हजार ८० दशमलव १२ अङ्कमा कायम भएको छ । तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज जलविद्युत् समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०४ र म्युचुअल फन्ड समूह शून्य दशमलव १५ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैङ्क समूह पाँच दशमलव २१ र होटल तथा पर्यटन समूह तीन दशमलव ६४ प्रतिशतले बढेका छन् ।