साझेदारी गर्नुहोस्

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले आईपिएल इतिहासकै सबैभन्दा ठुलो २७७ रनको स्कोर बनाएको छ।

हैदरवादले आरसीबीले सन् २०१३ मा बनाएको २६३ रनको सर्वाधिक ठुलो स्कोरलाई तोड्दै नयाँ इतिहास बनाएको हो। बुधबार राति राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले तीन विकेटको क्षतिमा २७७ रन बनाएको हो।

हैदरावादले दिएको २७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई इण्डियन्स ३१ रनले पराजित भएको छ। मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनायो।