साझेदारी गर्नुहोस्

सुर्खेतमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै आज बिहान २ बजे दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुईजनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको थियो ।