साझेदारी गर्नुहोस्

सरकारले मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने भएको छ।

मन्त्रिपरिषद्को पहिलो बैठकले पारित गरेका सय कार्यसूचीमा मन्त्रालय घटाउने विषय राखिएको छ। अहिले रहेका मन्त्रालयको संख्या धेरै भएकाले घटाएर १७ मा झार्ने भनिएको छ। अहिले २२ वटा मन्त्रालय रहेका छन्।

सरकारले ३० दिनभित्र मन्त्रालय घटाउने निर्णयसहित मौजुदा नेपाल सरकराको (कार्यविभाजन) नियमावली संशोधन गर्ने जनाएको छ। मन्त्रालय घटाउँदा दरबन्दी व्यवस्थापन गर्नु परेमा सेवा प्रवाहलाई असर नपर्ने गरी बढुवा व्यवस्था गर्ने भएको छ।