नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसदीय छानविन समितिले पूर्णरुपमा काम गर्न नसकेको बताएका छन् । छानविन समितिका सदस्य समेत रहेका ज्ञवालीले शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा सीसीटिभि बाहेक अन्य विषयमा अनुसन्धान हुन नसकेको बताएका हुन् । उनले समितिमा रहेका सत्तापक्षका सांसदहरूका कारण छानविन पूर्ण हुन नसकेको आरोप समेत लगाए । अनधिकृत भनिएका व्यक्तिहरूको कल डिलेज लिने र लोकेशन लिने तथा सो समयमा मन्त्रालयमा रहेका व्यक्तिहरूको नाम संकलन गरेर सोधपुछ गर्ने काममा पनि समिति सफल हुन नसकेको उनको भनाई छ । अनुसन्धान पूर्ण हुन नसक्दा निष्कर्ष पनि पूर्णरुपमा पुग्न नसकेको भन्दै ज्ञवालीले आफू मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने विषय निराधार हो भन्ने अवस्थामा पुग्न नसकेको बताए । उनले अहिले व्यक्ति, पार्टी र सरकार भन्दा पनि पद्धति मुख्य विषय भएको र समितिमा तथ्यमा नै पूर्ण रुपमा छलफल हुन नसकेको तर्क गरे। उनले समितिले बनाएको कार्यविधि अनुसार पनि काम हुन नसकेको जिकिर गरे ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
संसदीय छानविन समितिले पूर्णरुपमा काम गर्न सकेन: प्रदीप ज्ञवाली
















