साझेदारी गर्नुहोस्

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज पाकिस्तान सुपर लीग (पीएसएल) खेल्न पाकिस्तानको लागि प्रस्थान गरेका छन्। उनी लिगमा लाहौर कलंदरमा सम्मिलित छन्। लामिछानेको ब्यवस्थापक रमन सिवाकोटीका अनुसार लामिछनेले आज बेलुका खेल खेल्ने कार्यक्रम छ। सशिद खानको ठाउँमा क्रिकेटर लामिछनेलाई खेलका लागि चयन गरिएको छ। उनलाई जिम्बावे बिरूद्ध टी २० सीरीजमा सामेल गरिएको कारण खानले बीचमा खेल छाडेका थिए। पीएसएल ले लामिछाने सहित २५ विदेशी खेलाडी छनौट गरेको थियो।