साझेदारी गर्नुहोस्

नेपाल-चीन सिमानास्थित ल्हेन्दे खोलामा मंगलबार बिहान ३ बजे आएको भीषण बाढीले ठूलो क्षति गरेको छ।

चीनको ल्हेन्दो र केरुङ खोलामा आएको बाढी नेपालस्थित भोटेकोशीमा भीषण रुप लिँदा रसुवागढी र चीनको केरूङ जोड्ने मितेरी पुल नै बगाएको छ ।

बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर बगाएको छ। त्यसैगरी दर्जनौँ ईभी गाडी पनि बगाएको छ । मालवाहक गाडीका चालक, प्रहरीसहित नेपाली र चिनियाँ गरी १८ जनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीमा बगेर मृत्यु भएकामध्ये अहिलेसम्म सातजनाको शव फेला परेको छ । नेपला प्रहरीकाअनुसार बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ ।