साझेदारी गर्नुहोस्

जाजरकोटका भूकम्पपीडितलाई मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनद्धारा २० लाख बराबरको खाद्यान्न र कपडा सहयोग ।

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले जाजरकोटका भूकम्पपीडितलाई २० लाख बराबरको खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ । नलगाड नगरपालिका वडा नंम्बर १० र ११ को ध्यार गाउँ र बाँनिया गाउँका स्थानीयलाई राहत वितरण गरिएको हो।

मानवसेवा आश्रमको सहजीकरण र आनी छोइङ डोल्मा फाउन्डेसनले जुटाएको आर्थिक स्रोतले कात्तिक १७ गएको भूकम्पबाट घरबारविहिन भएका भुकम्पपिडित मध्ये २५० घर धुरीलाई १ बोरा चामल, ५ किलो दाल, २ किलो सोयाविन, २ किलो नुन र २ लिटर तेल सहित न्यानो ब्ल्याङ्केट बितरण गरिएको छ भने ४०० बालबालिकालाई न्यानो कपडा सहित जुत्ता वितरण गरिएको छ।

उक्त सहयोगले भुकम्पको कारण पुषको ठन्डीकाबिच कष्टपुर्ण जिवन बिताईरहेका केही भुकम्पपिडितलाई राहत प्रदान गरेको छ ।

भौगोलिक विकटताका कारण भुकम्प गएको २ महिना वितिसक्न लाग्दा समेत ध्यार गाउँमा कुनैपनि सरकारी तथा गैरसरकारीतर्फबाट राहत प्राप्त हुन नसकेको शिक्षक टङ्क ध्यारले बताउनुभयो । भौगोलिक सुविधायुक्त स्थानमा मात्र राहत केन्द्रित भएको उहाँको गुनासो थियो ।

भुकम्प गएको महिनौ भईसक्दासमेत कहीबाट राहत प्राप्त गर्न नसकेका भुकम्पपिडितहरुले उक्त राहत प्राप्त गर्दा खुसी व्यक्त गरेका थिए ।

गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा, मानवसेवा आश्रमका संस्थापक एवंम केन्द्रिय अध्यक्ष रामजी अधिकारी, आश्रमका कोषाध्यक्ष होमनाथ तिमल्सिना, कर्णाली प्रदेश संयोजक संञ्जिता गौतम लगायत अभियान्ताहरु पार्वती तिवारी, उर्विन सापकोटा, निरज पटेँल, सन्तोष मगर र विविसीका संवाददाता तथा आश्रमका अभिभावका प्रकास पन्त लगायतको टोलीले राहत वितरण गर्नुभएको थियो ।