साझेदारी गर्नुहोस्

बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

बुधबारका लागि छापावाल सुनको मूल्य एक लाख १४ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० र चाँदीको मूल्य तोलामा १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।