चितवनमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१३ सिमल गैरीका ६३ वर्षे जन्हू महतोलाई बाघले आक्रमण गरेको हो । स्थानीय बेलसोर सामुदायिक वनमा घाँस काट्न गएका उनलाई बिहान ११ बजेतिर बाघले आक्रमण गरेको र आफूहरुले पौने १२ बजेतिर घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए । जन्हूको शव बाघबाट छुटाएर ल्याउने प्रयास भइरहेको डीएसपी थापाले बताए । हात्तीसहितको उद्धार टोली तथा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोली घटनास्थलमा गएर शव नियन्त्रणमा लिने प्रयास थालेको छ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
बाघको आक्रमणबाट एकजनाको मृत्यु
















